इजरायलको तेल आपूर्तिमा संकट : ‘बिसीटी’ पाइपलाइनमा आक्रमण गर्ने इरानको चेतावनी

२१ फागुन, काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सका कमाण्डरका सल्लाहकारले मंगलबार एक गम्भीर चेतावनी दिँदै इरानले आफ्ना ‘शत्रु राष्ट्रका तेल आपूर्ति लाइनहरू’ लाई निशाना बनाउने घोषणा गरेका छन् । यस बयानले विशेष गरी ‘बाकु–तिबिलिसी–सेहान’ (बीटीसी) पाइपलाइनलाई जोखिममा पारेको छ, जसले अजरबैजानबाट टर्की हुँदै इजरायललाई आवश्यक पर्ने कुल तेलको करिब ३० प्रतिशत आपूर्ति गर्दछ । […]