काठमाडौं-२ मा २ जना किरियापुत्रीले गरे मतदान

२१ फागुन, काठमाडौं । प्रतिनिधिसभा सदस्य चयनका लागि जारी निर्वाचनमा काठमाडौं–२ मा दुईजना किरियापुत्रीले मतदान गरेका छन् । आमाको किरिया बसिरहेका नेपाल तरूण दल काठमाडौंका सचिव दिनेशविक्रम शाह र उनका दाइ रमेशकुमार शाहले मतदान गरेका हुन् । काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित ब्रिज वाटर इन्टलनेशनल स्कुल मतदान केन्द्रमा मतदानका लागि दिनेश दाइ रमेशका साथ पुगेका थिए । […]