हुम्लाको दुर्गम क्षेत्र हल्जीमा मतदान केन्द्रको अवस्था सामान्य बनेको छ । बिहीबार दिउँसो २ बजेतिर तनाबपूर्ण अवस्था बनेपछि मतदान केहीबेर स्थगित गरिएको थियो । अहिले अवस्था सामान्य बनेको र मतदाताहरूलाई पर्खिरहेको मतदानमा खटिएका एक कर्मचारीले जानकारी दिए । नाम्खा गाउँपालिका–६ हल्जीस्थित सुनखानी प्रावि हल्जी मतदानस्थलमा स्थिति तनावपूर्ण बनेको थियो । हल्जी गुम्बामा बसोबास गर्ने लामाहरूले मतदानका लागि वारेसनामा दिन पाउनुपर्ने तथा गुम्बामा रहेका ५/६ जना बिरामीलाई मतदान गर्न मतपेटिका गुम्बासम्म लैजानुपर्ने माग गरे...