२१ फागुन, काठमाडौं । प्युठान जिल्लामा दिउँसो ३ बजेसम्म ७३ हजार ७३२ मत खसेको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार हालसम्म खसेको मतमध्ये महिला ४४ हजार ३२६ र पुरुष २९ हजार ४०५ रहेका छन्। जिल्लामा कुल १ लाख ६५ हजार ४०६ मतदाता रहेका छन्। जिल्लाभरका मतदान केन्द्रमा मतदान शान्तिपूर्ण रूपमा जारी रहेको जनाइएको छ।