कतारी समकक्षी अल-थानीसँग प्रधानमन्त्री कार्कीको टेलिफोन वार्ता

परराष्ट्रमन्त्रीको समेत जिम्मेवारी सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अल-थानीसँग टेलिफोन वार्ता गरेकी छन् । प्रधानमन्त्री कार्कीले बिहीबार दिउँसो कतारका समकक्षी अल-थानीलाई टेलिफोन गरी पश्चिम एसिया क्षेत्रमा पछिल्ला दिनमा विकसित पछिल्ला घटनाक्रमप्रति चिन्ता व्यक्त गरिन् । प्रधानमन्त्री कार्कीले कतारमा रहेका ३ लाख ६० हजार नेपाली नागरिकलाई सुरक्षा तथा संरक्षण उपलब्ध गराएकोमा नेपाल सरकार र नेपाली जनताको तर्फबाट धन्यवाद व्यक्त गरिन् । ‘हाल करिब ३,६०,००० नेपाली नागरिकहरू कतार रा...