मधेशमा खस्यो ३७ प्रतिशत मत, सबैभन्दा बढी उपत्यकामा

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत अहिलेसम्म सबैभन्दा कम मतदान मधेश प्रदेशमा भएको छ ।  सुरक्षा निकायले दिएको जानकारी अनुसार दिउँसो ४ बजेसम्म मधेश प्रदेशमा ३७ प्रतिशत मतदान भएको छ । मधेशमा १३ लाख ५२ हजार ५०४ मत खसेको तथ्यांकमा उल्लेख छ ।  यस्तै, सबैभन्दा धेरै मत भने उपत्यकामा खसेको छ । तथ्यांक अनुसार यहाँ ५४ प्रतिशत मत खसेको हो । उपत्यकामा ६ लाख ३५ हजार ४२८ मत हालसम्म खसेको हो ।  गण्डकी र कर्णालीमा समान ४८ प्रतिशत मत खसेको छ । बागमती र लुम्बिनीमा समान ४७‚ कोशीमा ४६ तथा सुदूरपश्चिममा ३९ प्रत...