प्रतिनिधिसभा निर्वाचन अन्तर्गत बिहीबार तोकिएको मतदानको समय सकिएको छ । सुरक्षा निकायका अनुसार दिउँसो ४:३० बजेसम्म ४८ प्रतिशत मतदान भएको छ । जस अनुसार ९० लाख ३६ हजार ७१८ मत खसेको छ । सुरक्षा निकायका अनुसार सबैभन्दा उपत्यकामा ५७ प्रतिशत, कोशीमा ४९ प्रतिशत, मधेशमा ४० प्रतिशत, बागमतीमा ४९ प्रतिशत, गण्डकीमा ४९ प्रतिशत, लुम्बिनीमा ५० प्रतिशत, कर्णालीमा ५० प्रतिशत र सुदूरपश्चिममा ४७ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मलाई मतदानको औपचारिक समय निर्धारण गरेको थियो...