२१ फागुन, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सिन्धुपाल्चोक जिल्ला–२ मा ९१ वर्षीया कमलादेवी चौलागाईंले मतदान गरेकी छन् । इन्द्रावती गाउँपालिका–८ निवासी उनले चन्द्रावती आधारभूत विद्यालयस्थित मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेकी हुन् । उमेरको उत्तरार्धमा समेत मतदानप्रति उत्साह देखाएकी कमलादेवीले आफ्ना पनाति–पनातिनीको भविष्यका लागि भोट हालेको बताइन् । ‘अहिलेसम्म कयौं पटक भोट हालेँ, तर दु:खमै […]