पाँच वटा निर्वाचन क्षेत्र रहेको रूपन्देहीमा मतदान सकिएको छ । साँझ ५ बजेसम्म ६० प्रतिशतभन्दा बढी मत खसेको जनाइएको छ । मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले लाइनमा बसेका एक दुई ठाउँमा बाहेक मतदान सकिएको बताए । जिल्लामा उत्साहजनक रूपमा भएको मतदानमा समग्रतामा ६० प्रतिशत बढी मतदान भएको जानकारी दिए । सबै क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान सकिएको हो । रूपन्देहीका ५ वटा निर्वाचन क्षेत्रमा ६ लाख ७२ हजार ५२३ जना मतदाता छन् । यी मतदाताहरूले जिल्लाभरका २१३ मतदान स्थल र ७ सय ३६ मतदान केन्द्रबाट मतदान गरिरहेका छ...