प्रतिनिधिसभा निर्वाचन : दोलखा, सर्लाही र रौतहटमा सामान्य विवाद, मालुमा मतदान जारी

छिटपुट सामान्य घटनाबाहेक प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज देशभर शान्तिपूर्ण र उत्साहपूर्वक सम्पन्न भएको छ । निर्वाचन आयोगद्वारा निर्धारित समयअनुसार बिहान ७ बजेदेखि शुरू भएको मतदान साँझ ५ बजे सम्पन्न भएको हो । आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरले मत दिने समय साँझ ५ बजेसम्म भए पनि मतदानस्थलको लाइनमा रहेर मत दिन बाँकी मतदाताले त्यसपछि पनि मतदान गर्न सक्ने बताइन् । आयोगका अनुसार अहिलेसम्म कुनै पनि मतदान केन्द्रको मतदान औपचारिक रूपमा स्थगनको घोषणा भएको छैन । दोलखा, सर्लाही र...