सुशीलालाई आमा सम्बोधन गर्दै बालेनले लेखे- हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले प्रधानमन्त्री सुशीला कार्कीलाई आमा सम्बोधन गरेका छन् । बालेनले प्रधानमन्त्री कार्कीको नेतृत्वमा आज लोकतन्त्रले जितेको उल्लेख गरेका छन् । बिहीबार प्रतिनिधिसभा निर्वाचनको मतदानको समय सकिएपछि बालेनले प्रधानमन्त्री कार्कीप्रति कृतज्ञता प्रकट गरेका हुन् ।  ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ, #आमा’, बालेनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।