मोरङ जिल्लाका ६ वटै निर्वाचन क्षेत्रबाट मतपेटिका मतगणनास्थलमा ल्याउने क्रम शुरू भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले उपलब्ध गराएको तथ्यांक अनुसार जिल्लाभर कूल ७ लाख ८३ हजार ५० मतदातामध्ये ५ लाख ५ हजार ५१४ जनाले अर्थात् ६४.५६ प्रतिशतले आफ्नो मताधिकार प्रयोग गरेका छन् । मतदान प्रक्रियामा पुरुषको तुलनामा महिलाको सहभागिता बढी देखिएको छ । २ लाख ६२ हजार १९६ महिला, २ लाख ४३ हजार ३१६ पुरुष र २ जना अन्यले मतदाताले मतदान गरेका छन् । जिल्लाका ६ वटा निर्वाचन क्षेत्रमध्ये मोरङ क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी ...