११ लाख २२ हजार रुपैयाँसहित १ जना पक्राउ

बाराको आदर्श कोतवालबाट स्रोत नखुलेको रकमसहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुवर्ण गाउँपालिका- १ वगही बस्ने ३२ वर्षीय रोबिनकुमार यादव छन् । उनलाई बिहीबार बिहान आदर्श कोतवाल गाउँपालिका ७ बाट स्रोत नखुलेको नगद ११ लाख २२ हजार रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । सिम्रौनगढबाट तेलकुवातर्फ आउँदै गरेको ना ४१ प ३३८६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक यादवको साथबाट उक्त नगद फेला परेको थियो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।