काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम भइरहेको छ । निर्वाचन कार्यालयका अनुसार सबै वडाबाट मतपेटिका संकलन गरेर चामुण्डा माध्यमिक विद्यालयमा ल्याउने काम जारी छ । कार्यालयले दिएको जानकारी अनुसार राति ९ बजे सर्वदलीय बैठक बस्नेछ । उक्त, बैठकको निर्णयपछि मात्र मतगणना सुरु गरिने जनाइएको छ ।