ललितपुर क्षेत्र नम्बर ३ को मतगणना आजै रातिबाट शुरू गर्ने तयारी भएको छ । मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश पुनाराम खनालले दिएको जानकारी अनुसार अहिले मतपेटिका बुझ्ने काम भइरहेको छ । त्यसपश्चात् सर्वदलीय बैठक बस्ने र मतगणनाको सहमति गर्ने तयारी छ । ‘सर्वदलीय बैठकले सहमति गरे आजै मतगणना शुरू हुनेछ’, उनले लोकान्तरसँग भने । यो क्षेत्रमा ६८ प्रतिशत मत खसेको पनि उनले बताए । मतगणना स्थानीय विकास प्रतिष्ठानको कार्यालय जावलाखेलमा हुनेछ ।