दाङको एक मतदान केन्द्रमा मतदाताले मतदान बहिष्कार गरेका छन् । निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत बबई गाउँपालिका-७ मा रहेको मलई मतदानस्थल रहेको देउती आधारभूत विद्यालय केन्द्रमा कुनै मतदाता सहभागी भएनन् । यहाँ ५३० जना मतदाता थिए । यसैगरी, बबई गाउँपालिका-१ को आधारभूत विद्यालय जिला केन्द्रमा जम्मा १० मत खसेको छ । यहाँ ६८२ जना मतदाता रहेका थिए । यो क्षेत्र बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत पर्छ । स्थानीयहरूले बस्ती सार्नका लागि पटक पटक अनुरोध गरे पनि कुनै दलले चासो नदेखाएको भन्दै मतदान बहिष्कार ...