रौतहटका ४ वटै क्षेत्रमा आजै रातिदेखि मतगणना हुने

रौतहटको चार वटै निर्वाचन क्षेत्रमा आज भएको प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । निर्धारित समय बिहान ७ देखि शुरू भएको मतदान कार्यक्रम साँझ ५ बजे सम्पन्न भएको थियो । कुनै पनि अप्रिय घटना नभई जिल्लाभित्र रहेको ५४१ वटै मतदान केन्द्रमा मतदान सम्पन्न भएको रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिएका छन् । सुरक्षाकर्मी तथा निर्वाचन कर्मचारीको व्यवस्थापनका कारण मतदान प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको प्रजिअ भुसालले जानकारी दिए । जिल्लाको चार वटै निर्वाचन क्षेत्रमा द...