कोशीका पहाडी तथा हिमाली जिल्लाका केही दुर्गम केन्द्रबाट मतपेटिका ढुवानीमा समस्या भएपछि भोलि मात्रै मतपेटिका आउने भएका छन् । संखुवासभा, सोलुखुम्बु र ताप्लेजुङका केही क्षेत्रको मतपेटिका भोलि मात्रै सदरमुकाम आइपुग्ने भएका हुन् । भौगोलिक विकटता र प्रतिकूल मौसमका कारण ती क्षेत्रका मतपेटिका भोलि मात्रै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइपुग्ने सम्बन्धित जिल्लाका अधिकारीहरूले जानकारी दिएका छन् । संखुवासभाका प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाका अनुसार सिलिचोङ गाउँपालिका र भोटखोला गाउँपालिकाका केही क्षेत्र...