भारतले नेपालमा बिहीबार सम्पन्न निर्वाचनलाई स्वागत गर्दै यसलाई लोकतान्त्रिक अभ्यासको महत्त्वपूर्ण उपलब्धि भनेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले ‘नेपालका नागरिकले उत्साहपूर्ण सहभागितासहित आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गरेको’ उल्लेख गरेका छन् । प्रवक्ता जैसवालले प्रधानमन्त्री सुशीला कार्की, नेपाल सरकार, आम नेपाली जनता तथा निर्वाचनमा संलग्न सबै सरोकारवालालाई सफलतापूर्वक निर्वाचन सम्पन्न गरेकोमा बधाई दिएका छन् । उनले भदौ २३ र २४ को असाधारण परिस्थितिका बीच पनि निर्वाचन सम्पन्न हुनु उल्लेखनीय उपलब्धि...