निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा ओलीले दिए सबैलाई धन्यवाद

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशभर आम रूपमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै निर्वाचन कार्यमा संलग्न सबैलाई धन्यवाद दिएका छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष ओलीले निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा सरकार र निर्वाचन आयोगलाई विशेष धन्यवाद दिएका हुन्। उनले लोकतन्त्रको यस महान् उत्सवमा सहभागी भई मतदान गर्ने सम्पूर्ण मतदाताहरू प्रति पनि आभार प्रकट गरेका छन्। ओलीले निर्वाचनलाई निष्पक्ष र सुरक्षित बनाउन अहोरात्र खटिएका कर्मचारी र सुरक्षाकर्मीको भूमिकाको प्रशंस...