निःस्वार्थ र निष्ठा राखेर काम गरे फत्ते हुन्छः प्रधानमन्त्री कार्की

काठमाडौँ, २१ फागुनः प्रधानमन्त्री सुशीला कार्कीले निःस्वार्थ र निष्ठा राखेर काम गरे फत्ते हुन्छ भन्ने विश्वासका साथ आफूले काम गरेको बताएकी छन् ।  प्रतिनिधिसभाको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएपछि प्रधानमन्त्री कार्कीले भनिन्, “असहज र अनिश्चयपूर्ण अवस्थामा हामीले जिम्मेवारी सम्हालेका थियौँ । तर पनि हामीलाई आत्मविश्वास थियो काम गर्न सक्छौँ भन्ने, लगनशीलता भएमा कुनै कुरामा लागिपरे सम्भव हुने रहेछ, चुनौती भए पनि हामी आफ्नो जिम्मेवारीअनुकूलको काम गर्दै गयौँ ।” प्रधानमन्त्री कार्कीले चुनौती र बाधा अवरोध धेरै भ...