एशियन नेटवर्क फर फ्री इलेक्सन्स (एएनएफआरईएल)ले नेपालमा बिहीबार प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ । संस्थाले निर्वाचन शान्तिपूर्ण, व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न भएको जनाएको हो । अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षण मिसनमार्फत् गरिएको अवलोकनपछि जारी वक्तव्यमा संस्थाले निर्वाचनमा चुस्त सुरक्षा परिचालनले शान्तिपूर्ण वातावरण कायम गर्न सहयोग गरेको उल्लेख गरेको छ । निर्वाचनमा देशभरका मतदाताले सक्रिय रूपमा सहभागिता जनाएर लोकतान्त्रिक प्रक्रियाप्रति आफ्नो प्रतिबद्धता देखाएको एएनएफआरईएलले जनाए...