चितवन जिल्लामा ६४.१२ प्रतिशत मत खसेको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार चितवनका तीनवटै निर्वाचन क्षेत्रमा उत्साहजनक रूपमा मतदान सम्पन्न भएको हो। चितवनका तीनवटै क्षेत्रमा गरी कुल ४ लाख ४२ हजार ५ जना मतदाता रहेकोमा २ लाख ८३ हजार ४२८ मत खसेको छ। जिल्लाभरको समग्र मतदान प्रतिशतलाई हेर्दा पुरुषको तुलनामा महिला मतदाताको सहभागिता बढी देखिएको छ। जिल्लाभर ६७.२५ प्रतिशत महिला र ६०.८९ प्रतिशत पुरुषले मतदान गरेका छन्। निर्वाचन क्षेत्र अनुसारको विवरण हेर्दा क्षेत्र नं. ३ मा सबैभन्दा बढी प्रतिशत मत खसेको छ। १ लाख ५५ ह...