ओलीले दिए सरकारदेखि सुरक्षाकर्मीसम्मलाई धन्यवाद

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा सरोकारवाला सबै पक्षसँगै आम मतदातालाई धन्यवाद दिएका छन् ।  ओलीले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘देशभर आम रूपमा शान्तिपूर्ण मतदान सम्पन्न भएको छ । निर्वाचन सम्पन्न गरेकोमा सरकार, निर्वाचन आयोग, मतदानमा सहभागी हुनु भएका सम्पूर्ण मतदाता, निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मी सबैलाई धन्यवाद ।’  ओलीले निर्वाचनमा सक्रिय भएर लागेका पार्टीका कार्यकर्ता तथा प्रतिनिधिलाई पनि धन्यवाद दिएका छन् ।  ओली ...