आज सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखामा ४९.६४ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय गोरखाका सूचना अधिकारी रविलाल सुवेदीका अनुसार कूल २ लाख २९ हजार ५८ मतदाता रहेको गोरखामा १ लाख १३ हजार ७२५ मत खसेको हो । गोरखामा २२५ मतदानस्थल र ३३३ मतदान केन्द्र निर्धारण गरिएको थियो । अहिले मतपेटिका सङ्कलन भइरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरत बिकले बताए । तल्लो भेगका मतदान केन्द्रका मतपेटिका रातभर ढुवानी गरिसक्ने र हिमाली भेगका २३ वटा मतदान केन्द्रका मतपेटिका हेलिकप्टरमार्फत शुक्रबारसम्म ल्याइसक्ने एसपी बि...