अमेरिकाले नेपालमा बन्ने आगामी सरकारसँग सहकार्य गर्न उत्सुक रहेको बताएको छ । नेपालस्थित अमेरिकी दूतावासले बिहीबार राति एक नोट जारी गर्दै नेपालमा अब बन्ने सरकारसँग काम गर्न उत्सुक रहेको बताएको हो । अमेरिकाले बिहीबार नेपालमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको नेपाली जनतालाई बधाई समेत भनेको छ । ‘निर्वाचन सम्पन्न भएकोमा नेपाली जनतालाई हार्दिक बधाई । आगामी सरकारसँग हाम्रा दुवै देशको समृद्धि र सुरक्षा सम्बन्धी साझा लक्ष्यहरूमा सहकार्य गर्न हामी उत्सुक छौं’, दूतावासले भनेको छ ।