उज्यालो नेपाल पार्टीका उम्मेदवार कुलमान घिसिङ उम्मेदवार भएको काठमाडौँ–३ मा मतगणना सुरु भएको छ । सोही क्षेत्रमा रास्वपाका राजुनाथ पाण्डे पनि उम्मेदवार छन् । उक्त क्षेत्रमा बिहीबार राति साढे १० बजेदेखि मतगणना सुरु भएको निर्वाचन अधिकृत चमिला भट्टराईले जानकारी दिइन् ।