मोरङ–४ मा ११ बजेदेखि मतगणना सुरु हुने

मोरङ निर्वाचन क्षेत्र नम्बर ४ मा आज राति ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरिएको छ । बिहीबार राति बसेको सर्वदलीय बैठकले ११ बजेदेखि मतगणना गर्ने सहमति गरेको मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए । उनका अनुसार राजनीतिक दलहरूले प्रतिनिधि पठाउन केही समय लाग्ने भएकाले मतगणना सुरु गर्न करिब आधा घन्टा ढिला हुन सक्नेछ । निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरे लगायतका उम्मेदवार चुनावी मैदानमा छन् । निर्वाचन कार्यालयले मतगणनाका लागि आवश्यक तयारी पूरा गरेको जनाएको छ ।