आठ जिल्लाको मतपेटिका हेलिकप्टरमार्फत् ढुवानी

८ जिल्लाको मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिएको छ ।  हेलिकप्टरबाट मतपेटिका ढुवानी सम्पन्न भएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । ‘रसुवा, दोलखा, पूर्वी रूकुम, बाजुरा, बझाङ र हुम्लाको मतपेटिका ढुवानी गरिएको छ, अन्य जिल्लाको मतपेटिका शुक्रबार दिउँसोसम्म ढुवानी गर्छौं’, उनले भने ।