काठमाडौं ४ र ७ को मतगणना सुरु हुँदै

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ र ७ मा मतगणना सुरु गर्न लागिएको छ । काठमाडौं–४ अन्तर्गतका सबै मतदान केन्द्रबाट मतपेटिका संकलन भएसँगै सर्वदलीय बैठक सम्पन्न भएको छ । सर्वदलीय बैठकले राति ११ः३० बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको निर्वाचन अधिकृत कृष्णा भण्डारीले जानकारी दिइन् । उनका अनुसार बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १ स्थित जयभद्रकाली मावि मतदान केन्द्रबाट मतगणना सुरु गर्ने तयारी गरिएको छ । त्यस्तै काठमाडौं–७ मा पनि सबै मतदान केन्द्रबाट मतपेटिका संकलन भइसकेको छ । सर्वदलीय बैठक सम्पन्न भएसँगै राति साढ...