खुल्यो काठमाडौँ-१ को बाक्सा, रवीन्द्र र रञ्जुलगायत छन् उम्मेदवार

काठमाडौँ क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ । मतगणना बिहीबार रातिदेखि बानेश्वरमा सुरु भएको हो । वडा नम्बर १० बाट मतगणना शुरु भएको लोकन्तरकर्मीले जनाएका छन् ।  काठमाडौँ १ मा राप्रपाबाट रवीन्द्र मिश्र, रास्वपाबाट रञ्जु दर्शना, कांग्रेसबाट प्रबल थापालगायत उम्मेदवार छन् ।  काठमाडौँ १ मा रोचक प्रतिस्पर्धा हुने ठानिएको छ । काठमाडौँ ३ र १० को पनि मतगणना सुरु भइसकेको छ।