बालेन र ओली उम्मेदवार रहेको झापा–५ मा सर्वदलीय बैठक बस्दै

झापा । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा सर्वदलीय बैठक बस्ने तयारी भइरहेको छ। निर्वाचन कार्यालयका अनुसार बैठक केही समयमा नै सुरु हुने जनाइएको छ। उक्त क्षेत्रमा रास्वपाका बालेन शाह र एमालेका केपी शर्मा ओलीलगायत उम्मेदवार रहेका छन्। सर्वदलीय बैठकपछि मतगणना सुरु गर्ने समय र प्रक्रिया तय गरिने निर्वाचन अधिकृतले जानकारी दिएका छन्। निर्वाचन कार्यालयले मतदान केन्द्रबाट मतपेटिका संकलन भइसकेको र आवश्यक व्यवस्थापन तयारी पूरा भएको जनाएको छ।