काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ को मतगणना आज राति १२ बजेदेखि सुरु गर्ने निर्णय गरिएको छ। सर्वदलीय बैठकले मध्यरातिबाट मतगणना थाल्ने सहमति गरेको निर्वाचन कार्यालयले जनाएको छ। निर्वाचन कार्यालयका अनुसार मतपेटिका संकलन तथा आवश्यक व्यवस्थापनको काम पूरा भएपछि मतगणना सुरु गर्ने निर्णय गरिएको हो। काठमाडौं–५ मा एमालेका ईश्वर पोखरेल, कांग्रेसका प्रदीप पौडेल, रास्वपाका सस्मित पोखरेललगायत प्रतिस्पर्धीका रूपमा चुनावी मैदानमा छन्।