इङ्ल्यान्डलाई हराउँदै भारत विश्वकप क्रिकेटको फाइनलमा

इङ्ल्यान्डलाई हराउँदै भारत आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको फाइनल पुगेको छ । भारतको मुम्बईस्थित वानखेडे रङ्गाशालामा आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा भारतले इङ्ल्यान्डलाई सात रनले हराउँदै विश्वकपको फाइनलमा पुगेको हो । यससँगै अब फाइनलमा भारतले न्युजील्यान्डको सामना गर्नेछ । हिजो बुधबार भएको पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई नौ विकेटले पराजित गर्दै न्युजील्यान्ड विश्वकपको फाइनलमा पुगेको थियो । आज जितका लागि २५४ रनको लक्ष्य पछाएको इङ्ल्यान्डले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै २४६ रनमात्र बनाउन...