झापा–५ मा सर्वदलीय बैठक सम्पन्न, मतगणना राति २ बजेदेखि सुरु हुने

झापा – झापा निर्वाचन क्षेत्र नम्बर ५ मा सर्वदलीय बैठक सम्पन्न भएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार बैठकले शुक्रबार राति २ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो। मतदान केन्द्रबाट मतपेटिका संकलन तथा आवश्यक व्यवस्थापन पूरा भएपछि गणना सुरु गर्ने सहमति भएको जनाइएको छ। उक्त क्षेत्रमा एमाले अध्यक्ष केपी ओली र रास्वपाका नेता बालेन शाह उम्मेदवार छन् ।