मोरङ क्षेत्र नम्बर ५ मा राति १ बजेदेखि मतगणना सुरु हुने

 मोरङ निर्वाचन क्षेत्र नम्बर ५ को मतगणना आज राति १ बजेदेखि सुरु हुने भएको छ। निर्वाचन सम्पन्न भएपछि बसेको सर्वदलीय बैठकले राति १ बजेदेखि मतगणना सुरु गर्ने सहमति गरेको हो। मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलका अनुसार राजनीतिक दलका प्रतिनिधिहरूबिच भएको छलफलपछि रातिबाटै गणना कार्य अघि बढाउने निर्णय भएको हो। सबै मतदान केन्द्रबाट मतपेटिकाहरू सङ्कलन भइसकेकाले सुरक्षित रूपमा गणना सुरु गर्न लागिएको उनले जानकारी दिए। यस पटक मोरङ क्षेत्र नम्बर ५ मा मतदाताहरूको उत्साहजनक सहभागिता देखिएको छ। जिल्लाका अन्य क्षेत्रक...