बाँके–३ को मतगणना सुरु

बाँके निर्वाचन क्षेत्र नम्बर ३ को मतगणना सुरु भएको छ। खजुरास्थित कपास विकास संस्थानको कार्यालयमा उक्त क्षेत्रको मतगणना थालिएको हो। यस क्षेत्रमा ७४ हजार ५५८ मत खसेको जनाइएको छ। बाँके–३ मा नेपाली कांग्रेसका अमरसिंह पुन, नेकपा (एमाले) का सुमन मल्ल र राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनारबीच मुख्य प्रतिस्पर्धा रहेको छ। निर्वाचन कार्यालयका अनुसार मतगणना प्रक्रिया उम्मेदवार तथा दलका प्रतिनिधिको उपस्थितिमा भइरहेको छ।