बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनको कतिपय क्षेत्रको मतगणना सुरु भएको छ । काठमाडौँ १, ३, ४ र १० मा मतगणना चलिरहेको छ । यस्तै भक्तपुर २ मा गणना शुरु भएको छ । मोरङ ४ को पनि गणना शुरु भएको छ । रवि लामिछाने उम्मेदवार रहेको चितवन २ मा केहीबेरमा सुरु हुँदैछ । झापा ५ मा पनि केहीबेरमा गणना शुरु गर्नेगरी सर्वदलीय बैठक चलिरहेको छ ।