काठमाडौं ५ को मतगणना सुरु

काठमाडौं क्षेत्र नम्बर ५ मा मतगणना सुरु भएको छ । केहीबेर अघि सर्वदलीय बैठक बसेर काठमाडौं-५ को मतगणना सुरु गरिएको हो । बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ६ बाट मतगणना थलिएको छ । यो क्षेत्रमा नेकपा एमालेका ईश्वर पोखरेल, कांग्रेसका प्रदीप पौडेल र रास्वपाका सस्मित पोखरेल, उज्यालो नेपाल पार्टीका श्री गुरुङ लगायतका उम्मेदवार छन् ।