काठमाडौँ–३ को प्रारम्भिक मत परिणाम: कुलमान घिसिङको अग्रता
काठमाडौँ–३ को प्रारम्भिक मतगणनामा उज्यालो नेपाल पार्टीका उम्मेदवार कुलमान घिसिङले १०४१ मतसहित अग्रता कायम राखेका छन्। उनका प्रतिद्वन्द्वी रास्वपाका राजु पाण्डे ७४८ मत प्राप्त गरी पछाडि छन्।
मतगणनास्थलमा प्रारम्भिक परिणाम सार्वजनिक गरिएको हो ।