मोरङ्ग निर्वाचन क्षेत्र नं. ५ मा प्रतिनिधि सभा सदस्य पदको प्रारम्भिक मतगणना सुरु भएको छ। केहीबेर अघिदेखि मतगणना सुरु भएको हो । सो क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) बाट मनोज कुमार अग्रवाल, नेपाली काँग्रेसबाट फुल कुमार लालवानी, नेपाली कम्युनिष्ट पार्टीबाट शिव कुमार मंडल (केवट), राष्ट्रिय स्वतन्त्र पार्टीबाट आशा झा, राष्ट्रिय प्रजातन्त्र पार्टीका कुमोद राय र जनता समाजवादी पार्टीका राज कुमार यादवलगायत उम्मेदवार रहेका छन्।