देशभरका विभिन्न मतदानस्थलमा निर्वाचन आचारसंहिताविपरीत तथा निर्वाचनविरोधी गतिविधिमा संलग्न २४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यकामा एक, कोशी प्रदेशमा तीन, मधेस प्रदेशमा चार, बागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा एक, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा चार जना गरी २४ जनालाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीले जनाएको छ । निर्वाचनका क्रममा शान्ति सुरक्षा कायम राख्न र आचारसंहिता उल्लङ्घन रोक्न कडा निगरानी गरिएको प्रहरीले बताएको हो । त्यसैगरी, निर्वाचनको समयमा आचारसंहिताविपर...