काठमाडौँ क्षेत्र नम्बर ८ को प्रारम्भिक मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विराज भक्त श्रेष्ठले १७१४ मतसहित अग्रता बनाएका छन्। उनका प्रतिस्पर्धीहरु नेपाली कांग्रेसकी सपना राजभण्डारीले २०७ मत, नेपाली कम्युनिष्ट पार्टीका सुमन सायमीले १५४ मत र नेकपा (एमाले) का राजेश शाक्य ११५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बिहीबार प्रतिनिधिसभाको मतदान भएसँगै मतगणना सुरु भएको हो ।