झापा निर्वाचन क्षेत्र नम्बर ५ को मतगणना शुरू भएको छ । राति २ बजेदेखि मतगणना शुरू भएको हो । यसअघि सर्वदलीय बैठकमा पनि राति २ बजेदेखि मतगणना शुरू गर्ने निर्णय भएको थियो । जापा ५ मा एमाले अध्यक्ष केपी ओली र रास्वपाका नेता बालेन शाह उम्मेदवार छन् ।