काठमाडौं १ मा रास्वपाकी रञ्जु दर्शनाले अग्रता बढाएकी छन् । मतगणनाको पछिल्लो परिणामअनुसार उनी १६५८ मतका साथ अग्र स्थानमा छिन् । उनलाई कांग्रेसका प्रबल थापाले ९२९ मतका साथ पछ्याइरहेका छन् । राप्रपाका रवीन्द्र मिश्र ४८५ मतका साथ तेस्रोमा छन् । एमालेको १६१ मत छ । ताराले ४३ मत ल्याएको छ ।