बिहीवार भएको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं उपत्यकामा रास्वपाको शुरूआती अग्रता देखिएको छ । मतगणना शुरू भएका काठमाडौंका अधिकांश क्षेत्रमा रास्वपा उम्मेदारले अग्रता बनाएका हुन् । काठमाडौं १ मा रास्वपाकी रञ्जु दर्शना अग्र स्थानमा छिन् । उनलाई कांग्रेसका प्रबल थापाले पछ्याइरहेका छन् । राप्रपाका रवीन्द्र मिश्र तेस्रोमा छन् । काठमाडौं १० मा प्रदीप विष्टले शुरुवाती अग्रता लिएका छन् । उनलाई एमाले उम्मेदवार विनोद श्रेष्ठले पछ्याइरहेका छन् । काठमाडौं ८ मा विराजभक्त श्रेष्ठले शुरूवातमै फराकिलो अग्रता बनाएका छन् । उनलाई कांग्रे...