काठमाडौं क्षेत्र नम्बर ५ मा पनि रास्वपाले नै अग्रता लिएको छ । रास्वपाका उम्मेदवार सस्मित पोखरेलले १४२४ मतसहित शुरूआती अग्रता लिएका हुन् । ४१२ मतसहित नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेल दोस्रो छन् । तेस्रोका उईश्वर पोखरेलले २८५ मतसहित तेस्रोमा छन् । यो क्षेत्रमा यसअघि कांग्रेसका पौडेलले जितेका थिए ।