भक्तपुर–२ : रास्वपा उम्मेदवार राजीव खत्रीको अग्रता, महेश पछि परे

भक्तपुर–२ मा रास्वपा उम्मेदवार राजीव खत्रीले अग्रता लिएका छन् । खत्रीले १४ सय मत प्राप्त गर्दा एमालेका उम्मेदवार महेश बस्नेतले १२ सय मत प्राप्त गरेका हुन् ।  यस्तै, कांग्रेस उम्मेदवार कविर रानाले १७१, नेकपाका रामप्रसाद सापकोटाले १७, नेमकिपाका रमेश वैद्यले १३८ मत पाएका छन् ।