बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको रौतहट क्षेत्र नं ४ को मतगणना शुरू भएको छ । निर्वाचन अधिकृत उद्धव ढोडारीले दिएको जानकारी अनुसार गढीमाई नगरपालिका–९ को इनर्वाटोलको मतपेटिका खुलेको हो । मतगणना चन्द्रनिगाहपुरको जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरमा भइरहेको छ । जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार यस क्षेत्रमा एक लाख १० हजार ३१४ मतदाता रहेकामा ६९ हजार ९५३ मत खसेको छ । चारवटा पालिकाको ३० वटा वडा रहेको यस क्षेत्रमा ६० वटा मतदानस्थल र १३४ वटा मतदान केन्द्र रहेका छन् । यस क्षेत्र...