रूपन्देही–३ मा पनि रास्वपाको अग्रता, एमाले उम्मेदवार चौथोमा

रुपन्देही क्षेत्र नम्बर ३ मा पनि रास्वपाले अग्रता लिएको छ । प्रारम्भिक मतपरिणामअनुसार रास्वपाका डा. लेखजंग थापाले १ हजार ३७७ मतका साथ अग्रता लिएका हुन् । कांग्रेसका सुशील गुरूङले २४९, राप्रपाका गौरव बोहराले २४८ र एमालेका वासुदेव घिमिरेले १९२ मत प्राप्त गरेका छन् ।